सहकारीमा जम्मा गरेको रकम माग गर्दै धर्नामा बचतकर्ता

सहकारीमा जम्मा गरेको रकम माग गर्दै धर्नामा बचतकर्ता
सुन्नुहोस्

मलंगवा : सर्लाही सदरमुकाम मलंगवा-८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएकोले रकम पाउनु पर्ने माग राख्दै बचतकर्ताहरू धर्नामा बसेका छन्।

सहकारीमा जम्मा गरेको रकम सञ्चालक समिति तथा कर्मचारीले हिनामिना गरी फरार भएपछि बचतकर्ताहरूले रकम पाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही अगाडि धर्नामा बसेका छन्। उनीहरू ५ सुत्रीय माग राख्दै भदौ १७ गतेदेखि धर्नामा बसेका हुन्। 

जम्मा गरेको पैसा सहकारीमा बचत गरेको कौडेना गाउँपालिका-४ का जगदिश राउतले बताएका छन्। एक लाख २० हजार रुपैयाँ सहकारीमा जम्मा गरेका थियौं। अहिले पैसा लिन जाँदा सहकारीमा कोही भेटिदैनन्। 

सञ्चालक समितिका पदाधिकारी र कर्मचारीले रकम हिनामिना गरेर फरार भएपछि बचतकर्ताहरू बिचल्लीमा परेको राउतले गुनासो गरेका छन्। 

३ दिनदेखि बचतकर्ताहरू धर्नामा बसेको मलंगवाका दीपक गुप्ताले बताएका छन्। 'रकम पाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छौं। अहिले सम्म कुनै सुनवाइ भएको छैन।' 

पीडितहरूले बचतकर्ताहरूको रकम अविलम्ब फिर्ता हुनु पर्ने, सञ्चालकहरू मथि कारबाही तथा सम्पति रोक्का गरिनुपर्ने, स्वतन्त्र लेखा परीक्षकबाट लेखा परीक्षण गराउनु पर्ने, संस्थाको अवस्थाबारे श्वेत पत्र जारी गरिनुपर्ने, आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९ र ०७९/०८० मा सञ्चालकहरूले लिएको ऋण सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। 

रकम हिनामिना गरेका संस्थाका अध्यक्ष ईश्वर गुप्ता फरार भएपछि बचतकर्ताको रकम फिर्ता हुन सकेको छैन। रकम हिनामिना गरेको आरोपमा संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजान्जी निर्मल श्रेष्ठ लगायत अन्य दुईजना थुनामा रहेको प्रहरीले जनाएको छ। सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा २४ करोड भन्दा बढी रकम हिनामिना भएको पीडितहरूको आरोप छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.