प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा

नेविसंघले माग्यो गृहमन्त्री श्रेष्ठको राजीनामा
सुन्नुहोस्

वीरगन्ज : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।  बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघ पर्साले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । 

नेविसंघ आवद्ध विद्यार्थीहरूले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको भन्दै अविलम्ब राजीनामा दिनुपर्ने माग गरेका छन्।

बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यावदमाथि सांघातिक आक्रमण भएको थियो।  यादवमाथि नुवाकोट विदुर नगरपालिकाका ४७ वर्षीय श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सह-महामन्त्री यादवको टाउकोमा चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दिनदहाडै कांग्रेसका सह-महाममन्त्री यादवमाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकाले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजीनामा दिनुपर्ने माग नेविसंघको छ । 

नेविसंघ पर्साका सभापति रमेश यादवले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएको ज्ञापनत्रमा गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संरक्षण गरेको , श्रेष्ठको कार्यकालमा  लोकतन्त्रका लागि लडेका नेताहरूको ज्यानै लिने गरी आक्रमण भइरहेको , मुलुकमा शान्ति–सुरक्षा र अमयन चयन कायम गर्न श्रेष्ठ असफल भएकाले नैतिकताका आधारमा श्रेष्ठले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने उल्लेख छ । 

साथै यादवमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्नपनि नेविसंघले माग गरेको छ । यदि आफूहरूको माग सम्बोधन नगरिए वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत नेविसंघले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेविसंघ पर्साका सभापति यादवसँगै कांग्रेसका क्षेत्रीय सभापति महम्मद सहबुदिन,नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी ,युवा नेता दिलिपराज कार्की,नेविसंघका जिल्ला सचिव फिरोज अन्सारी लगायत सहभागी थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.