प्रचण्ड नेतृत्व सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम देखावटी मात्रै : राजेन्द्र लिङ्देन

प्रचण्ड नेतृत्व सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम देखावटी मात्रै : राजेन्द्र लिङ्देन
सुर्खेत बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देल । तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला भनेर दाबी गर्ने राजनीतिक दलहरू सबै आर्थिक अनियमिततामा फसेको दावी गरेका छन्। नेपालको राजनीतिमा गर्वका साथ शीर ठाडो पारेर  आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गर्दै उनले यस्तो बताएका हुन् । 

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने हाम्रो भनाइ व्यवहारमा लागू गरेको बताए । उनले भने,'नेपाली राजनीतिमा आफूलाई ठूला दल भनेर दाबी गर्नेहरु सबै विभिन्न खालका काण्डमा मुछिदै गइरहेका छन् । कसैले पनि शीर ठाडो पारेर भ्रष्टाचारका विरुद्धमा बोल्न सक्ने अवस्था छैन ।, तर हाम्रो पार्टी र यस पार्टीमा आबद्ध कुनै पनि नेता तथा कार्यकर्ताहरु कुनै पनि काण्ड र आर्थिक अनियमिततासँग मुछिएका छैनन् । यो हाम्रो लागि गौरबको विषय हो । 

उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदम देखावटी मात्र रहेको बताए । उनले भने,'सरकारले भ्रष्टाचारविरुद्ध चालेका हरेक कदमप्रति राप्रपाको समर्थन छ । तर, राजनीतिक पूर्वाग्रह राखेर कसैलाई सिध्याउन,कसैसँग रिस पोख्न आदेश दिने,मन परेको मान्छे जोगाउने र मन नपर्ने मान्छे फसाउने मनसायले गरिएका कदमप्रति भने हाम्रो असहमति छ । '

उनले अहिलेको सरकारले गरेको काम हेर्दा स्याबासी नै दिनुपर्ने अवस्था नै नआएको बताए । नेपालमा भ्रष्टाचारको जरो नै उखेल्नु पर्छ । त्यसका लागि आवश्यक परे राप्रपा सत्ता टिकाउनका लागि समर्थन पनि गर्न सक्छ । तर अहिले त्यो अवस्था आइसकेको छैन् । सरकारले गरेका कामबाट सन्तुष्ट भइहाल्नु पर्ने अवस्था पनि छैन । 

उनले कोसी प्रदेश सरकारका सन्दर्भमा वर्तमान सरकार र सत्ता साझेदार दलसँग कुनै सहमति नभएको बताए । उनले भने,'कोसीको विषयमा हामी र सरकारबीच कुनै छलफल नै भएको छैन् । बाहिर आएका हल्लाहरु सबै निराधार हुन् । राप्रपा एक दुईजना मन्त्री हुने कुरामा बार्गिनिङ गर्ने पार्टी होइन् । बरु सत्ता बाहिर बसेर सरकारलाई रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने,जनताका जनजीविकाका सवालहरू उठाउने कार्यमा ध्यान दिएका छौँ ।'

पछिल्लो समय राप्रपाप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको भन्दै अध्यक्ष लिंग्देलले अहिले आफूहरू पार्टी प्रशिक्षण तथा संगठन विस्ताका लागि मुलुकभरी अभियानमा रहेको बताए । राप्रपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष लिंदेनसहित नेतृ कुन्ती शाही,ध्रुव प्रधानलगायतका नेताहरू सुर्खेत आएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.