कोसी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्तिको तयारी

कोसी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्तिको तयारी
फाइल तस्बिर

विराटनगर : कोसी प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। ३ जना मन्त्री र १ जना राज्यमन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। 

सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहीबार परमादेश जारी गरेको थियो। सर्वोच्चले मुख्यमन्त्रीबाट उद्धव थापालाई पदमुक्त गर्दै सर्वोच्चले कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुला गरिएको हो। 

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको नियुक्ति र शपथको तयारी सकिएको जनाएको छ। केहीबेरमै नियुक्ति र सपथ सकिएपछि मन्त्रिपरिषद् विस्तार गरिने भएको हो। कार्कीले दिउँसोसम्म २ जनालाई मात्रै मन्त्री नियुक्ति गर्ने तयारी गरेका थिए। तर, भूगोल र जातजातिका आधारमा मिलाउनुपर्ने दबाब आएपछि मन्त्रीमा १ जना थप गर्दै राज्यमन्त्रीसमेत नियुक्त गर्न लागेका हुन्। 

कार्कीले तिलकुमार मेन्याङ्बो र एकराज कार्की तथा पाँचकर्ण राईलाई मन्त्री नियुक्त गर्ने बताएको छ। मेन्याङ्बो ताप्लेजुङ, कार्की झापा र राई खोटाङका हुन्। मुख्यमन्त्रीको सपथ लिएपछि कार्कीले मेन्याङ्बोलाई खानेपानी, सिँचाई तथा ऊर्जा, राईलाई पर्यटन, वन तथा वातावरण र कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिने भएको हो। मेन्याङ्बो यसअघि कार्की नेतृत्वकै सरकारमा खानेपानी, सिँचाई तथा ऊर्जा थिए।

त्यस्तै भोजपुरकी समानुपातिक सांसद सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने तयारी छ। सबै मन्त्रीहरुको सपथ आजै हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.