कांग्रेसको प्रश्न : करका दरमा हेरफेरको अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ?

कांग्रेसको प्रश्न : करका दरमा हेरफेरको अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ?
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैंची चलाएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमाथि भाग लिँदै राईले आर्थिक विधेयकमाथि फेरबदल गर्नका लागि नीति, विधि र प्रक्रिया रहेको भन्दै सदनमा पेश भएको आर्थिक विधेयकमा उल्लेख करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैंची चलाएको टिप्पणी गरेका हुन् ।

उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ? भन्दै प्रश्न गरे । उनले संसदको सदनमा पेश भइसकेको विधेयकमाथि आफूखुशी बदल्ने वा सच्याउने काम राजद्रोह सरह रहेकाले छानविन हुनुपर्ने माग गरे । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.