मुख्यमन्त्री कार्कीले लिए सपथ
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई सपथ खुवाएका हुन्। कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा खापुङले आजै मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कार्कीले ३ जना मन्त्री र १ जना राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् विस्तार गरेका छन्।
प्रतिक्रिया दिनुहोस !