कोसीका मन्त्री र राज्यमन्त्रीले लिए सपथ
विराटनगर : कोसी प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथ सकिएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मन्त्री र राज्यमन्त्रीलाई पनि सपथग्रहण गराइएको हो।
मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्बोलाई उर्जा, सिँचाई तथा जलस्रोत एवं स्वास्थ्य मन्त्री बनाएका छन्। पाँचकर्ण राई वन, वातावरण तथा पर्यटन र उद्योग, भूमिव्यवस्था तथा कृषि मन्त्री बने। एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन्।
सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। मन्त्री र राज्यमन्त्री नियुक्त भएका सबै एमालेका हुन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङ र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले सपथग्रहण गराए।
प्रतिक्रिया दिनुहोस !