सहमतिको सरकार बनाउने प्रयास हुन्छ : मुख्यमन्त्री कार्की

सहमतिको सरकार बनाउने प्रयास हुन्छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास हुने बताएका छन्। 

मुख्यमन्त्री नियुक्त भएर सपथ लिएलगत्तै उनले पत्रकारसँग संक्षिप्त कुरा गर्दै कांग्रेस, एमालेसहितका दलहरु मिलेर सहमतिको सरकार बन्ने सम्भावना बलियो रहेको बताए। सबै दल मिलेर सहमतिको सरकार बनाउने पहिलो प्रयास हुने उनको भनाइ छ। यसअघिको प्रयास पूरा नभएको कार्की बताउँछन्। 

‘सबै मिलेर प्रदेश बनाउने काम हुन्छ। कार्यकाल आधा-आधा बाँड्ने सहमति हुँदैन। सहमति के हुन्छ भने सबै मिलेर सरकार बनाउने सहमति हुन्छ,’ कार्कीले भने, ‘विश्वासको मत लिने समय पुग्दासम्म हामीले यो कुरा टुंग्याइसकिएको हुन्छ। आर्थिक अध्यादेश आजै आउँछ। आइतबारबाट ‘बजेट होलिडे’को अवस्था रहँदैन।’ 

प्रदेश बनाउन कार्यकाल बाँड्ने सहमति नहुने उनको भनाइ छ। ‘प्रदेश बनाउन त कार्यकाल बाँड्ने सहमति गर्नै परेन नि। मैले छाड्दा अर्को कोही साथी आउनुहुन्छ,’ कार्कीले भने, ‘म मात्रै मुख्यमन्त्री बनिरहनुपर्छ भन्ने छैन। विश्वासको मत प्राप्त गर्ने प्रयास हुन्छ। हामीले विश्वासको मत पाउँछौं भन्ने विश्वास छ।’  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.