मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु

मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, २९६ जनाको मृत्यु
सुन्नुहोस्

भूकम्पको केन्द्र माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ। यसको केन्द्र जमिनभित्र १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ।

मोरक्कोको गृह मन्त्रालयले मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र कम्तीमा २९६ जनाको ज्यान गएको जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्र माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ। यसको केन्द्र जमिनभित्र १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

स्थानीय समय अनुसार राती ११:११ मा भूकम्प गएको हो।  

भूकम्पले माराकेशको पुरानो सहरमा केही भवनहरू भत्किएका छन्। स्थानीयले आफूले भूकम्पको 'बलियो कम्पन' महसुस गरेको र  भवनहरू हल्लिरहेको देखेको बताएका बीबीसी समाचारमा उल्लेख छ।।

भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.