सर्लाहीको मलंगवामा कर्फ्यु

सर्लाहीको मलंगवामा कर्फ्यु

मलंगवा : सर्लाही सदरमुकाम मलंगबाबाको अवस्था शनिबार तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले कर्फ्यु जारी गरिएको  छ। शनिबार बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीले जनाएको छ। 

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा शनिबार दिनभरी मलंगवा बजार क्षेत्र अशान्त बनेको थियो। स्थितिलाई नियन्त्रणका लागि नियन्त्रण गर्नका लागि कर्फ्यु जारी गरिएको हो। 

पूर्वमा झिम खोला, दक्षिणमा नेपाल भारत सीमा, पश्चिममा मुसैली नहर र उत्तरमा पेट्रोल पम्पभित्रको क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्। 

दिनभरी मलंगवा तनावग्रस्त रहेको र रातिको समयमा हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि कर्फ्यु जारी गरिएको प्रजिअ यादवले जनाएको छ। 

शुक्रबार  मध्यरातबाट अवस्था सामान्य भए पनि शनिबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ। आक्रोशित युवाहरू बिहानदेखि चौक चौकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्। 

स्थितिलाई नियन्त्रणमा लिनका लागि मलंगवा बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए।

गएराति झडप रोक्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बेलाबेलामा अश्रुग्यास प्रहार गरिरहेको छ। नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्तीहरूमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। 

गएराति भएको तनावका कारण मलंगबाबा बजार आज ठप्प छ। सम्पूर्ण पसल, व्यवसाय बन्द छन् भने मानिसको चहलपहल न्यून देखिन्छ। यातायातका साधन चलेका छैन। बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले धार्मिक, जातीय, सांस्कृतिक सद्‍भाव कायम राख्न अपिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.