मोरक्कोमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी
भूकम्पमा परी कम्तीमा एक हजार २०४ जना घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ। मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३७ पुगेको मोरक्कोको गृह मन्त्रालयले शनिबार जनाएको छ।
भूकम्पमा परी कम्तीमा एक हजार २०४ जना घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ। मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
भूइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ।
शुक्रबार राति ११:११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का अझै पनि महसुस गरिएको मोरक्कोका सञ्चार माध्यमले बताएका छन्। शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन्।