नेकपा एसका केन्द्रीय परिषद् सदस्य एमालेमा प्रवेश
![नेकपा एसका केन्द्रीय परिषद् सदस्य एमालेमा प्रवेश](https://annapurnapost.prixacdn.net/media/albums/FB_IMG_1694356568535_1_i1r3FbAZhh_CX8gljnbKr.jpg)
सिमरा : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य ईश्वर ढकालसहित सयौं नेताकार्यकर्ता नेकपा एमालेमा फर्किएका छन्। सिमरामा आइतबार आयोजित कार्यक्रममा ढकालसहितका नेताकार्यकर्ता एमाले फर्किएका गरेका हुन्।
एमाले फर्कनेमा जिल्ला सदस्य फुलेना यादव, राजेश बछार, जिल्ला सल्लाहकार रामबिहारी चौधरी, छन्नु चौधरी, जीतपुरसिमरा नगर सदस्य रबिन्द्र दास, कन्हाइलाल थारु, अनेरास्ववियू जिल्ला सहसचिब अस्मिता रेग्मी, ज्ञानु ढकाललगायत छन्। सोही कार्यक्रममा राप्रपाका पूर्व जिल्ला सचिव वीरेन्द्र यादव पनि एमालेमा प्रबेश गरेका छन्।
एमाले प्रवेश गरेका नेताकार्यकर्तालाई केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेता भट्टराईले एमाले फर्कने क्रम बढ्दो अवस्थामा रहेको र अबको निर्वाचनमा एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने बताए।
कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पोलिटब्युरो सदस्य एवं बारा १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्य एवं मधेस प्रदेशसभा सदस्य मन्जुकुमारी थापा मगर, केन्द्रीय सदस्य अरबिन्द सिंह, सरस्वतीदेवी चौधरी, प्रदेश कमिटी सदस्य एवम् मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, सुन्दर विक, मनोज पौडेल, किशोर शर्मा, ढुण्डिराज उप्रेती, सीता गुरुङ, दिनेश्वर ठाकुर, चयन गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख एवम् एमाले नगर अध्यक्ष भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा ३ का वडाध्यक्ष ताराबहादुर कार्की, जीतपुरसिमरा १२ का वडाध्यक्ष श्यामबाबु खाँ, अमृतलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)