भ्रष्टाचारका ठूला फाइल खोतल्दै जाने हो : मन्त्री गुरुङ

स्याङ्जा : काननु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला फाइलहरु खोतल्दै जाने बताएका छन्।
वीपी कोइरालाको ११०औं जनजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सुशासन कायम गर्नु सरकारको लक्ष्य रहेको बताए। भ्रष्टाचार काण्डमा पार्टीको मुख नहेरी अघि बढेको जनाउँदै सरकारको रोडम्याप सुशासन भएको जोड दिए।
उनले भने, ‘सुशासन गर्न खोज्दा मन्त्री पद जान्छ भने पनि असर पर्दैन। कांग्रेस, एमाले, माओवादी, राप्रपा, समाजवादीलगायत अन्य कुनै पनि दल भनेर हुँदैन। भ्रष्टाचारका फाइल खोतल्दै जाने हो। घेराबन्दीमा पारिन्छ भने पछि केही फरक पर्दैन। अबको बाटोमा विचलित भयो भने प्रचण्ड नेतृत्वको सरकारले धेरै मूल्य चुकाउनुपर्छ।’ वीपीले देखाएको मार्ग हिंड्नेमात्र सच्चा कांग्रेस हुने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
