नेपालगञ्‍ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालयका अधिकृत पक्राउ

नेपालगञ्‍ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालयका अधिकृत पक्राउ

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन्। नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार सुरक्षा जाँचका क्रममा ठूलोमात्रामा नगद फेलापछि नियन्त्रणमा लिइएको हो। 

डाँगीले भने,'सुरक्षा जाँचका क्रममा उनको साथमा  ठूलो मात्रामा नगद फेला परेपछि सापकोटालाई नियन्त्रणमा लिएका हौं।  घटनाबारे अनुसन्धान भइरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.