सोनमा गाँउपालिकाको सेवा ठप्प

सोनमा गाँउपालिकाको सेवा ठप्प
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको सोनमा गाँउपालिकाको कामकाज प्रभावित भएको छ। असुरक्षित महसुस गर्दै कार्यपालिकामा कर्मचारीहरु बस्न नमानेपछि सेवाग्राहीहरुको कामकाज प्रभावित भएको हो।

शिक्षा शाखाका सहसंयोजक धर्मेन्द्रकुमार यादवले दिएको जानकारीअनुसार स्थानीयहरूको धम्कीकै कारण कर्मचारीहरु असुरक्षित महसुस गर्दैछन्। उनले भने, ‘पछिल्लो समयमा आएर कार्यालयको सम्पूर्ण कामकाज प्रभावित बनेको छ। कामका लागि पालिका पुगेका सेवाग्राहीलाई रितै हात फर्किनुपर्ने बाध्यता छ।’

यस सम्बन्धमा वडा नं. १ का वडाअध्यक्ष अशोककुमार यादवले पालिकाका जिम्मेवारपक्षले कर्मचारी बस्ने माहौल बनाउनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘पालिकाको कामकाज प्रभावित भएको समयमा पालिकाका अध्यक्ष र कार्यालय प्रमुखलाई जिम्मेवारीवोध हुने किसिमको भूमिका निर्वाह गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन। जसको कारण एक सातादेखि पालिकाको हरेककामकाज प्रभावित बनेको छ। पालिका अध्यक्ष विश्वेश्वर प्रसाद यादव र प्रशासकीय अधिकृत पालिका छाडेर जनकपुरमा बस्दै आएका छन्।’ 

पालिकाका पूर्वअध्यक्ष सहित १० जना उपर मुदा दायर 
सोनमा गाँउपालिकाको कार्यालयमा अमार्यादित गतिविधि गरेको आरोपमा महोत्तरी प्रहरीले स्थानीय १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। प्रहरीले पूर्व पालिका अध्यक्ष राजकुमार यादव, वहालवाला वडा नं. १ का वडाध्यक्ष अशोक यादवसमेत दश जना विरुद्ध मुद्दा चलाएको हो। उनीहरूमाथि सार्वजानिक सम्पतिमा आगजनी, अराजक गतिविधी आरोपमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 
मुद्दा दर्ता गरिएका मध्ये सोनमा गाँउपालिका १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार, राम केबल राय र वडा नं. २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यता पूर्व गापा अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं. १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन्। 

यस्तो थियो घटना 
गत मंगलबार सोनमा गाँउपालिका २ स्थित सरस्वती माविका विद्यार्थीहरुले शैक्षिक सुधारको माग गर्दै पालिकामा ज्ञापनपत्र बुझाउने क्रममा दुईतर्फी झडप भएको थियो। जसमा परि ६ प्रहरीसहित केही विद्यार्थीहरु घाईते भएका थिए। प्रहरी स्रोतका अनुसार वाहिरका मान्छेहरुले विद्यार्थीलाई उस्काएपछि दोहोरो झडप भएको थियो। अवस्थालाई साम्य बनाउनका लागि प्रहरीले घटनास्थलमा १८ सेल अश्र्ग्याँस प्रहार गरेको थियो। 

विवादित गतिविधि साम्य पार्नुपर्ने काम जनप्रतिनिधिकै 
पालिकामा भएको विवादित गतिविधिलाई टुंग्याएर साम्य पार्नुपर्ने कार्य जनप्रतिनिधिकै स्वयम रहेको जिल्ला समन्वयन समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णले बताए। पालिकाको विवादित घटना मिलाएर जनताको कामकाज सहज वनाउने वातावरणको निर्माण जनप्रतिनिधीलाई गरिनुपर्ने आवश्यक रहेको प्रमुख कर्णले प्रतिक्रिया दिएका छन्। 

कर्मचारीलाई जनताको काम गर्नैपर्छ : सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने 
जनताको कामकाज प्रभावित नहुने किसिमले कर्मचारीलाई विनाशर्त कामकाज गर्नुपर्नेमा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रप्रसाद न्यौपानेले बताएका छन्। पालिकामा सहज रुपमा काम गर्ने वातावरण जनप्रतिनिधीलाई सिर्जना गरिनुपर्नेमा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले प्रतिक्रिया दिएका छन्। उनले भने, ‘यस सम्बन्धमा अझ पुर्णरुपमा जानकारी आएको छैन। म बुझ्ने प्रयास गर्दैछु। विस्तृतमा बुझि कर्मचारीलाई काम गर्ने वातावरणको सिर्जना गरिनेछु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.