सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड

सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका हुन् । 

उनले भने,‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’

null

नेम्वाङको निधन भएको जानकारी पाएपश्चात प्रधानमन्त्री प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए। नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.