प्रधानमन्त्री सहभागी कार्यक्रमकै ब्यानरमा छैन ‘कोसी’

प्रधानमन्त्री सहभागी कार्यक्रमकै ब्यानरमा छैन ‘कोसी’

विराटनगर : चार दल सम्बद्ध समाजवादी मोर्चाले ब्यानरमा ‘कोसी प्रदेश’ नलेखिकन प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा सन्देशसभाको आयोजना गरेको छ।  

सन्देशसभा सोमबार कोसी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न भएको हो। प्रदेशको नामकरणको विषयलाई लिएर समाजवादी मोर्चाभित्र विवाद छ। विवादका कारण नाम नै लेखिकन ‘प्रदेशस्तरीय सन्देशसभा’ भनेर कार्यक्रम आयोजना गरिएको। प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सहभागी सन्देशसभाको ब्यानर र प्रचार सामग्रीमा ‘कोसी’ उल्लेख थिएन। 
 

सन्देशसभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताले सम्बोधन गरेका थिए। मोर्चाले विराटनगरभन्दा अघि ५ वटा प्रदेशमा सन्देशसभा आयोजना 

गरेको थियो। विराटनगर बाहिरका सन्देशसभाको ब्यानरमा प्रदेशको नाम लेखिएको थियो। कोसीमा भने नामकरणलाई लिएर असन्तुष्टि र आन्दोलन छ। प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोसी’ राखेको थियो। ‘कोसी’ खारेजी र पुनः नामकरणको माग राखेर केही दल तथा समूहले आन्दोलन गरिरहेका छन्। 

सन्देशसभाको आयोजना र व्यवस्थापन समाजवादी मोर्चा प्रदेशस्तरीय समिति तथा जनता समाजवादी पार्टी प्रदेशस्तरीय समितिले गरेको हो। कोसी प्रदेशमा जसपाकै संयोजकत्वमा मोर्चा छ। प्रदेशमा मोर्चाको संयोजक एवं जसपाका अध्यक्ष दीपक याख्खा छन्।  

प्रदेशसभामा नामकरणका बेला उपस्थित नभएको जसपा सुरुदेखि नै ‘कोसी’को विपक्षमा छ। एकीकृत समाजवादीले ‘कोसी’को विपक्षमा मतदान गरेको थियो। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘कोसी’ नाम उपयुक्त भएको बताइसकेका छन्। प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादीले त ‘कोसी’कै पक्षमा मतदान गरेको थियो। मोर्चाका संयोजक एवं जसपाका प्रदेश अध्यक्ष याख्खा प्रदेशको पुनः नामकरणको विषयमा बहस चलिरहेकाले ‘कोसी प्रदेश’ भनेर ब्यानरमा लेख्न नसकिएको बताउँछन्। उनले ‘कोसी’ नलेख्ने भनेर प्रदेशस्तरीय मोर्चाले नै निर्णय गरेको बताए। 
‘नामकरणको विषय विवादित छ। त्यसलाई किन प्रशय दिने भन्ने कुरा हो। हामी परिवर्तनको पक्षमा छौं,’ याख्खा भन्छन््, ‘कानुनी हिसाबले हामीले ‘कोसी’ नै मानेका छौं। तर, नामकरणलाई लिएर प्रदेशभरी आन्दोलन र असन्तुष्टिहरू छन्। यस्तो बेला हामीले ‘कोसी’ नै लेखेर जाँदा कार्यक्रम थप विवादित हुने देखेर विवादलाई न्यूनीकरण गर्नका लागि ब्यानरमा नाम उल्लेख गर्न सकिएन।’ 


‘लाखौं जनता सडकमा उतार्छौं’ 


प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसारहित युद्धका लागि लाखौं नेपाली जनतालाई सडकमा उतार्ने दाबी गरेका छन्। 

चार दलीय समाजवादी मोर्चाद्वारा विराटनगरमा सोमबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले जनतालाई सडकमा उतार्ने उद्घोष गरेका हुन्। ‘भोलि (मंगलबार) सुदूरपश्चिममा सभा गरेपछि सातवटै प्रदेशमा मोर्चाको कार्यक्रम सकिन्छ। त्यसपछि कार्यक्रम बनाएर लाखौं जनता सडकमा उतार्ने हो। दलालहरूलाई हामी जिउँदै छौं भनेर देखाउनलाई,’ प्रचण्डले भने, ‘समाजवादी मोर्चाले हिंसारहित लडाइँ सुरू गरेको छ। हामीले नयाँ लडाइँ सुरु गर्दैछौं। हिंसावाला होइन। हतियार उठाउने पनि होइन। हामी हतियारविहीन युद्धको थालनी गर्दैछौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.