बिरामीको मृत्युपछि मोरङको लेटाङमा तनाव, मेडिकलअगाडि शव राखेर प्रदर्शन

बिरामीको मृत्युपछि मोरङको लेटाङमा तनाव, मेडिकलअगाडि शव राखेर प्रदर्शन
सुन्नुहोस्

विराटनगर : बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मंगलबार दिउँसोदेखि तनाव भएको छ।

 
मेडिकलअगाडि मृतकको शव राखेर दिउँसो २ बजेदेखि आफन्त र स्थानीयले प्रदर्शन गरिरहेका छन्। लेटाङ नगरपालिका-४ की अन्दाजी ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएको विषयलाई लिएर अवस्था असामान्य भएको हो। बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते शुक्रबार लेटाङ-४ कै जनप्रिय मेडिकलमा लगेका थिए। 

सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्‍याएका थिए। बिरामीको स्वास्थ्य खराब रहेको भन्दै मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदिएको थियो। तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो। 

उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफन्त र परिवारका सदस्यले भने शव लगेर मेडिकलअगाडि राख्दै प्रदर्शन र नाराबाजी गरिरहेका छन्। मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग उनीहरूको छ। मेडिकल तोडफोडको प्रयाससमेत भएको प्रहरीले जनाएको छ। 

समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै आफन्त एवं परिवारका सदस्य मेडिकलप्रति आक्रोसित बनेका हुन्। करिब २ सयको संख्यामा भेला भएको भीडले मेडिकलविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ। 

स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

विराटनगरबाट समेत थप मद्धतका लागि प्रहरी पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। स्थिति थप तनावपूर्ण हुन नदिन आक्रोसित भीडलाई सम्झाई बुझाई गर्ने काम भइरहेको उनले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.