गुजरातबाट मथुरा जाँदै गरेको बस दुर्घटना, ११ जनाको मृत्यु
![गुजरातबाट मथुरा जाँदै गरेको बस दुर्घटना, ११ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_Vr2iuJypVw.jpg)
नयाँ दिल्ली : राजस्थानको भरतपुरमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार ट्रेलर र बसको ठक्करबाट यो दुर्घटना भएको हो ।
बीबीसीका अनुसार बसमा सवार मानिसहरु गुजरातको भावनगरबाट मथुरा जाँदै थिए । जयपुर-आग्रा राजमार्गमा बिहान करिब ५ बजे दुर्घटना भएको हो । घटनको बारेमा थप अनुसन्धान चलिरहको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)