फाइनलमा पुग्न एसिया कपमा पाकिस्तान र श्रीलंका भीड्दै

फाइनलमा पुग्न एसिया कपमा पाकिस्तान र श्रीलंका भीड्दै
सुन्नुहोस्

काठमाडौं : एसिया कपमा आज आयोजकद्वय पाकिस्तान र श्रीलंका भीड्ने भएको छ। सवा तीन बजे सुरू हुने खेलमा बाजी मार्ने टोली फाइनलमा प्रवेश गर्नेछ। 

आगामी आइतबार हुने फाइनलका लागि भारतले यसअघि नै स्थान पक्का गरेको छ। उसले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। भारतले भोलि बंगलादेशसँग खेल्नेछ।

यता पाकिस्तान र श्रीलंका एक-एक खेल जितेका छन् भने एक-एक पराजित भएका छन्। दुवै टोलीले बंगलादेशलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो।

रनरेटका आधारमा श्रीलंका २ अंकसहित दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अंक भए पनि रनरेटको आधारमा तेस्रो नम्बरमा छ। विजेता टोली फाइनल यात्रा तय गर्ने पक्कापक्की छ। यदि खेल वर्षाले अवरुद्ध भए रनरेटका आधार श्रीलंका फाइनमा पुग्नेछ।

यसपटक नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो। नेपाल पाकिस्तान र भारतसँग पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.