चिर्पट प्रहार गरी बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

कपिलवस्तु : आफ्नै ६० वर्षीय बुवा बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन्। वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएका थिए। उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
