महान्यायाधिवक्ताको कार्यालयले डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

महान्यायाधिवक्ताको कार्यालयले डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
सुन्नुहोस्

काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयले यहि फागुनको १५ र १६ गते काठमाडौंमा डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ताको कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको जनाएको हो । 

सम्मेलनमा नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत लगायत १३ राष्ट्रका ९० भन्दा सरकारी वकिल, कानुन विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने बताइएको छ ।

सम्मेलनका क्रममा ४ वटा प्लेनरी सत्र, ८ वटा समानान्तर सत्रमा १६ वटा कार्यपत्रहरू उपर छलफल हुने महान्यायाधिवक्ता रमेश वडालले जानकारी दिए। उनले डिजिटल प्रविधिको माध्यमबाट गरिने अपराधहरूको विविध आयामका साथै तिनका अनुसन्धान, अभियोजन, र न्यायिक निरूपणका लागि अन्य देशले अवलम्वन गरेको विधिहरूमा छलफल हुने बताए।

डिजिटल अपराधको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरू,अभियोजनकर्ताहरू,न्यायालय तथा नीति निर्माताहरूबीच समन्वयात्मक संरचना विकास गर्न जरुरी रहेको उनले बताए।

डिजिटल अपराधका कारण पीडितले भोग्नुपर्ने मानसिक,सामाजिक तथा आर्थिक असरहरू दीर्घकालीन हुने भएकाले पीडित–केन्द्रित न्याय प्रणालीलाई सुदृढ गर्न जरुरी रहेको महान्यायाधिवक्ता वडालले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.