समायानुकुल संविधान परिवर्तन गर्न सकिन्छ : पूर्वउपप्रधानमन्त्री श्रेष्ठ

स्याङ्जा : पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समायानुकुल संविधानलाई परिवर्तन गर्न सकिने बताएका छन्। सोमबार स्याङ्जामा गणेशमान सिंहको २६ औं स्मृतिसभामा बोल्दै श्रेष्ठले संविधानले स्थिर सरकार दिन नसक्ने भएकाले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।
संविधान दिवसको पूर्वसन्ध्यामा बोल्दै उनले हालको संविधान बमोजिम कुनै पनि राजनीतिक दलले स्थिर सरकार दिन नसक्ने बताए। ‘संविधान बनायौं, समयानुकुल परिवर्तन गर्न सकिन्छ। दुई तिहाई जनमतले परिवर्तन हुन सक्ने संविधान जनताले चाहे भने परिवर्तन हुन्छ।’उनले भने,‘अस्थिर सरकारले मुलुकको दिगो विकास गर्न सक्दैन। एक/दुई वर्षे प्रधानमन्त्रीले केही गर्न सक्दैन। पाँच ५ वर्षे स्थायी सरकार नभएसम्म विकास निर्माण र समृद्धि आउन सक्दैन।’
वीपी कोइरालाको इमान्दारिता र गणेशमानको सक्रियताले नेपाली कांग्रेसलाई जीवन्त बनाएको जनाउदै उहाँहरुले देखाएको मार्गमा हिड्नु पर्नेमा श्रेष्ठले जोड दिए।
प्रतिक्रिया दिनुहोस !
