चन्द्र भण्डारीसहित ८ जनालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत

चन्द्र भण्डारीसहित ८ जनालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि नै महामन्त्री गगन थापाले गुल्मीका डा. चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको जानकारी दिए।

उनका अनुसार सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्। मनोनित हुनहरुमा गुल्मीका भण्डारी, काभ्रेका शिवप्रसाद हुमागाई, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन्।

देउवाले मनोनित गरेकामध्ये ५ जना संस्थापन पक्षका र ३ केन्द्रीय सदस्यहरु भण्डारी, हुमागाई र पौडेल इतर समूहका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.