मलंगवामा अनिश्चितकालीन कर्फ्यू

मलंगवामा अनिश्चितकालीन कर्फ्यू

मलंगवा : गणेश पूजाको मूर्ती सेलाउने क्रममा सर्लाही सदरमुकाम मलङ्गवामा दुई समुदायबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। 

मलङ्गवा नगरपालिका वडा नं.३ मा दुई समुदायबीच झडप भइ तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। झडपबाट सर्वसधारणको जनधनमा हुन सक्ने सम्भावित जोखिम हुन नदिनका लागि  कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। बिहीबार राती जारी गरिएको विज्ञप्तिमा अर्को आदेश नहुन्जेलसम्मका लागि जारी रहने उल्लेख गरिएको छ।  

बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। शुक्रबार बिहानैबाट बजार क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन। 

दुई पक्षबीच ढुङ्गा हानहान हुँदा ८ जना सर्वसधारण घाइते भएका सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए। झडपको क्रममा एक सशस्त्र प्रहरी पनि घाइते भएका छन्। घाइते प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन्। 

गम्भीर घाइते भएका मलङ्गवा नगरपालिका–७ का  २३ वर्षीय रुपेश यादवको वीरगञ्जमा उपचार भइरहेका पन्जियारले बताए। यादवको अवस्था सुधारोन्मुख रहेको पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.