सर्लाहीबाट १६४ किलो गाँजा बरामद
मलङ्वा : सर्लाहीको मलङ्वाबाट एक सय ६४ किलो गाँजा बरामद गरिएको छ ।
मलङ्वा नगरपालिका वडा न १० नेपाल भारत सीमा नजिकै बाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खोलाबाट भएर रातीको समयमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियार थारुले बताएका छन्।
नदीको बाटो भएर टाउकोमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले देखेको थियो। प्रहरीलाई देख्नेबित्तिकै मानिसहरु गाँजा छोडी फरार भएका थिए । ६ ओटा पोकामा गाँजा प्याक गरिएको अवस्थामा बरामद गरिको हो।
प्रतिक्रिया दिनुहोस !