विश्व शान्तिका लागि स्वयम्भूदेखि नमोबुद्धसम्म पदयात्रा
काभ्रे : विश्व शान्तिका लागि काठमाडौंको स्वयम्भूदेखि काभ्रेको नमोबुद्धसम्म पदयात्रा गरिएको छ। विश्व शान्तिको लागि भन्दै काभ्रे सेवा समाज र जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौंको स्वयम्भूदेखि जिल्लाको पनौती हुँदै नमोबुद्धसम्म पदयात्रा गरिएको हो।
विश्व शान्ति दिवसका अवसरमा सेप्टेम्बर २१ बाट शान्तिको सन्देश दिँदै शान्ति पदयात्रा सुरु गरिएको आयोजकले जनाएको छ। पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दूरी छ।
अभियानमा १ हजारभन्दा धेरैले पनौतीदेखि नमोबुद्धसम्म पैदलयात्रा गरेका थिए। पदयात्रामा हिँड्ने यात्रीलाई बीच बीचमा खाना तथा पानीको व्यवस्था गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !