प्रचण्ड आज बेइजिङ जाने, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने

प्रचण्ड आज बेइजिङ जाने, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। १९ औं एसियाली खेलकुदको उद्घाटनका लागि हाङ्चाओ पुगेका प्रधानमन्त्री प्रचण्ड आज चीनको राजधानी सहर बेइजिङ आउन लागेका हुन्। उनी आइतबार बिहान ११ बजे आइपुग्ने कार्यक्रम रहेको छ। 

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपीआइटी र नेपाल उद्योग वाणिज्य महासंघले सम्मेलनको आयोजना गरेका हुन् ।  उक्त लगानी सम्मेलनमा नेपाल र चीनका उद्योगी–व्यवसायी सहभागी रहने चीनस्थित नेपाली राजदूतावासले जनाएको छ।  

प्रचण्ड आज  रात्रिभोजमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।  

सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजी र चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रचण्ड असोज १३ गते नेपाल फर्किने कार्यतालिका छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.