सरकार नै सुन तस्करीमा लाग्यो: अध्यक्ष ओली

ओखलढुंगा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुन तस्करीमा लिप्त भएको बताएका छन्।
ओखलढुंगाको रामपुरमा स्व. मदन भण्डारीको शालिक शिलान्यास तथा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।
संसद चलाउन तथा कानुन बनाउन छाडेर सरकार तस्करीमा लागेको उनको आरोप थियो। उनले सुन तस्करी छानविन गर्न माग गर्दा एमालेमाथि संसद चल्न नदिएको आरोप लगाएको भन्दै आक्रोश पोखे। अध्यक्ष ओली हेलिकोप्टरबाट रामपुर आएका थिए।
प्रतिक्रिया दिनुहोस !
