सर्लाहीमा पाँच दिनपछि कर्फ्यू खुकुलो

सर्लाहीमा पाँच दिनपछि कर्फ्यू खुकुलो
तस्बिर : अन्नपूर्ण

मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा बिहीबार रातिदेखि लगाइएको अनिश्चित कालिन कर्फ्यू सोमबारदेखि खुकुलो बनाइएको छ । दिनमा कर्फ्यू निष्कृय गरिए पनि रातिको समयमा कायमै राखिएको छ । 

गत बिहीबार गणेशको मूर्ति सेलाउने विषयलाई लिएर दुई समुदाय बीच झडप हुँदा बिहीबार राति १० बजेदेखि मलंगवामा अनिश्चितकालिन कर्फ्यू लगाइएको थियो । 

सोमबार बिहानबाट जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको समन्वय सहजीकरण बैठकले बिहान ४ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू निष्कृय बनाएको निर्णय गरेको छ । राति ८ बजेदेखि बिहान ४ बजेसम्म अर्को निर्णय नहुन्जेलसम्मका लागि कर्फ्यू कामयमै गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

दिनको समयमा कर्फ्यू हटाइए पनि सर्वसधारणको सुरक्षामा पर्न सक्ने जोखिलाई ख्याल गर्दै कुनै किसिमको भेला,जुलुस, बैठक, प्रदर्शन वा पोष्टर पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ । सामाजिक सञ्‍जालमा सामाजिक सद्भाव विगार्ने खालका हल्ला एवं अफवाह फैलाउने व्यक्तिको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि गरिएको छ । 

सार्वजनिक सम्पतिको तोडफोड,आगजनी,ढुङ्गमुढा प्रहार,उच्छृङखल गतिविधिलगायतका विरोध प्रदर्शन गर्ने,सामाजिक सद्भाव विगार्ने खालका घटना घटाउने एवं घटनामा संलग्न जो कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने निर्णय पनि गरिएको प्रजिअ यादवले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.