‘सहभागिताका लागि मात्रै कांग्रेस सरकारमा बस्नुभएन’

‘सहभागिताका लागि मात्रै कांग्रेस सरकारमा बस्नुभएन’

काठमाडौं : सत्तासीन कांग्रेसका नेताहरूले उपस्थितिका लागि मात्रै कांग्रेस सरकारमा बस्न नहुने बताएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले अहिलेको सरकारमा कांग्रेस पनि सहभागी छ भन्ने आभास जनतालार्ई दिन नसकिएको गुनासो गरे। 

गठबन्धनको मुख्य पार्टी कांग्रेस पनि सरकारमा छ। तर जनताका माझमा जाँदा सरकारले गरेका एउटै राम्रा कामका बारेमा सुनाउन पाइएको छैन। नेतृत्वकर्ता कांग्रेस छ, यो सबैलार्ई थाहा छ। तर सरकारको नेतृत्व अर्कैले गरेर मनपरी ढंगले सरकार सञ्चालन गरेको भन्दै नेताहरूले आक्रोश पोखेका छन्। 

केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा उपस्थितिका लागि मात्रै बस्नुको कुनै तुक नरहने बताएका छन्। पौडेलले आफ्नो कुरा राख्ने समयमा पार्टी सभापति शेरबहादुर देउवालार्ई ध्यानाकर्षण गराउँदै अहिलेको सरकारलार्ई जनताले आभास पाउने खालका काम गर्नका लागि सुझाउन अनुरोध गरे। पौडेलले कांग्रेस सरकारमा बसेकाले पार्टी पनि लोकप्रिय हुने गरी सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्ने बताउँदै भने, ‘हाम्रा पार्टीका कुनै पनि साथी मन्त्रीले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ। यसकारण सरकारमा बस्नुमात्र उपलब्धि नठानौं।’

‘सभापतिजीले प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्नुपर्‍यो। प्रधानमन्त्रीजीलार्ई जनताका समस्या सुनाउँदा गठबन्धन भत्किने डर नमान्नुस्। गठबन्धन जोगाउनुमात्र उपलब्धि होइन,’ पौडेलले भने। 

पौडेलले यसअघि बसेको केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गर्‍यो तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित नगर्न भन्दै बैठकमा उठेका विषय आएका कुरालार्ई कार्यान्वयन पनि गर्नुपर्ने बताए। 

पौडेलले देशमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने भन्दै ‘बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको छ। खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी भएको छ। सरकारले कुनै अनुगमन गरेको छैन। महँगी नियन्त्रण गर्नुपर्‍यो।’ 

अर्की केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले कांग्रेसको काँध टेकेको सरकारले कांग्रेसकै बदनाम गर्ने काम गरेको बताउँदै भनिन्, ‘कांग्रेसको भरमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ, सरकारमा बसेर उसैले निर्णय गरेको छ तर हामीलार्ई अपजस मात्रै आइरहेको छ।’

कांग्रेस सरकारमा भए पनि जनताले सुरक्षाको अनुभूति नपाएको बताइन्् , ‘कांग्रेस सरकारमा छ तर प्रधानमन्त्री र गृहमन्त्री माओवादीका छन्। हाम्रा नेता तथा कार्यकर्ता सुरक्षित छैनन््। सहमहामन्त्रीमाथि र कोसीका सांसदमाथि आक्रमण भयो। तर, बदमासी गर्नेलार्ई कडा कारबाही भएको छैन भन्ने सुनिएको छ।’

अर्का केन्द्रीय सदस्य राजीव ढुंगानाले सरकारको नेतृत्व माओवादीले गरे पनि मूल नेतृत्वकर्ता कांग्रेस नै भएकाले सरकारले अहिले गरेको कामको समीक्षा हुनुपर्ने बताए। ढुंगानाले भने, ‘अहिले हामी सरकारमा मात्र छैनौं, यो गठबन्धनको मूल नेतृत्वकर्ता कांग्रेस नै हो। त्यसैले पनि मुकदर्शक भएर बस्ने बेला छैन। सरकारले अहिले के गरिरहेको छ, त्यसको समीक्षा गरिनुपर्छ।’

ढुंगानाले भने, ‘चाडपर्व निजीकिँदै छन्। सरकारको ध्यान अन्य क्षेत्रमा बढी छ। भ्रष्टाचारका एक दुई फाइल खोलिए पनि जनताले भ्रष्टाचार घटेको महशुस गर्न पाएनन्। शान्ति सुरक्षाको स्थिति ठीक छैन। हाम्रै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ। यस्ता विषयमा सरकार भएको आभाष खोई ?’

राम्रा स्टण्टबाजी कामको जस प्रचण्डजीको पार्टीले लिने। अनि सिँगो सरकारको असफलता कांग्रेसले बोकिदिनुपर्ने ? भन्दै ढुंगानाले अगाडि भने, ‘यो सरकार जनताको सरकार हो भन्ने प्रत्याभूति दिने गरी आफ्ना काम कारबाही अघि बढाउने कि नबढाउने ? ‘सरकारले गरेका एक, दुई कामका जस प्रचण्डजीको पार्र्टीले लिने, सिँगो सरकारको असफलताको भारी कांग्रेसले बोक्नुपर्ने गरी अगाडि बढ्ने हो भने यो सरकारमा कांग्रेसको सहभागिताको अर्थ के हो, यसबारे गम्भीर र निर्ममतापूर्वक समीक्षा गर्ने बेला आएको छ।’

केन्द्रीय सदस्य विनोद चौधरीले कांग्रेसको बैठकमा राजनीति खिचातानीका विषय मात्र नभइ आर्थिक विषयमा पनि छलफल हुनुपर्ने बताए। उनले भने, ‘पुरानै ढर्राले पार्टी चल्दा देशभित्र र बाहिर रहेका नयाँ पुस्तालार्ई कसरी समेट्न सकिन्छ ?’ चौधरीले विदेशिएका नेपाली युवालार्ई रोक्नका लागि पार्टीले आर्थिक एजेण्डालार्ई जोड दिनुपर्ने भन्दै, ‘देश भित्र र बाहिरका नेपालीले हामीलार्ई हेरेका छन्। यो पार्टीले राजनीतिको कुरा मात्र गर्ने कि विकासका पनि गर्ने ? देश बाहिर जाने नेपालीलार्ई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ।’

केन्द्रीय सदस्य भीम पराजुलीले सरकार दिनदहाडै खुकुरी प्रहार हुँदा पनि संबेदनशील हुन नसकेको बताउँदै भने, ‘सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटना ताजै छ। कांग्रेसलार्ई छानीछानी दुःख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ। सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमाणसहितका नाम समाचारमा आएका छन्। उनलार्ई न पक्राउ गरिन्छ न कुनै मुद्दा चलाइएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.