हचुवामा वन्यजन्तु स्थानान्तरण

हचुवामा वन्यजन्तु स्थानान्तरण

हिमालमा हुने वन्यजन्तु पहाड र मधेसमा हुँदैनन्, मधेसमा हुने पहाडमा हिमालमा हुँदैनन्। जसरी भूगोलले नेपालमा तीनथरी स्वरूप बनाएको छ, त्यसैअनुसार नै ती ठाउँमा थरीथरी वन्यजन्तु छन्, वनस्पति छन्। अनि जसरी फरक भूगोलको जैविकतामा विविधता छ।

मधेसकै पनि एक ठाउँका वन्यजन्तु अर्काे ठाउँमा नपाइन सक्छ, हिमाल र पहाडमा पनि त्यस्तै हुन्छ। उस्तै जंगल र वनस्पति भए पनि हावापानीलगायत अनेक कारण सबै ठाउँमा फरकफरक प्राणीको बासस्थान छ। जस्तो कि पूर्वको कोसीटप्पु आरक्षणमा पाइने जंगली भैंसी अर्ना उस्तैउस्तै तापक्रम भएको कञ्चनपुरको शुक्लाफाँटा आरक्षमा पाइन्न। शुक्लाफाँटामा पाइने बाह्रसिंगे अन्त दुर्लभ मानिन्छ।

प्रकृतिको आफ्नै लय र नियम छ। तर मानिस त्यो लय भत्काएर प्रलय ल्याउन उद्यत् छ। यताका प्राणी उता र उताका यता गर्न खोजिरहन्छ। त्यस्तो प्रयास नेपालका राष्ट्रिय निकुञ्जहरूमा भइरहेको छ, जुन असफल सिद्ध भएका छन्। चितवन राष्ट्रिय निकुञ्जबाट गएको ३६ वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २ वटा गैंडा लगिएको थियो। तर, ती बाँचेनन् र अहिले त्यहाँ ३८ मात्रै छन्। शुक्लाफाँटामा १४ गैंडा लगिएको थियो। तर खास प्रगति देखिएन्, अहिले त्यहाँ केवल १७ गैंडा छन्। कोसीटप्पुबाट चितवन पुर्‍याइएका अर्नामा पनि प्रगति छैन। बाह्रसिंगेमा पनि।

विगतले असफल सिद्ध गरिसकेको वन्यजन्तु स्थानान्तरण चाहिँ रोकिएको छैन। अहिले फेरि चितवनबाट दुइटा गैंडा कोसी टप्पु वन्यजन्तु आरक्षण लैजाने तयारी छ। हो, यसै सन्दर्भमा वन्यजन्तुको स्थानान्तरणमा संवेदनशील हुनु परेको। संरक्षणकर्मीहरूले वन्यजन्तुको स्थानान्तरणलाई असफल मानेर त्यसो नगर्न सुझाएका छन्।

अब सुन्ने पालो सरकारको हो। उसले सुनेर वा विचार गरेरमात्रै हँुदैन, संरक्षणकर्मीको आवाज सम्बोधन गर्नुपर्छ। वन्यजन्तु स्थानान्तरण रोक्नुपर्छ। बरु असफल चाहिँ किन भयो भन्ने खोजी गरी त्यसको उपाय पत्ता लगाउनुपर्छ। कुनै जुक्ति निस्कियो भने पूर्वपश्चिममा वनजंगलमा अरू विविधता बढाउनु चाहिँ सुनमा सुगन्धै होला। नत्र निरन्तरताको निरन्तरताका लागि उही असफल प्रयास गरिरहनु चाहिँ मूर्खता हो। हचुवाका भरमा कुनै काम हुनु हुँदैन। उही काम एकै प्रकारले गरिरहँदा गल्ती पनि दोहोरिरहन्छ, फरक प्रयास गरिनुपर्छ बल्ल उपाय निस्कन्छ। यसै पनि चितवनमा गैंडाको संख्या उतिसारो उल्लेख्य छैन। बरु त्यहीं उहाँ प्रशस्त घाँसेमैदान र चरन छ, त्यहीं गैंडाको संख्या वृद्धि गरिनुपर्छ। कोसी टप्पुमा अर्ना बढाउनुपर्छ। प्रशस्त भएपछि चाहिँ उपाय खोज्नु उपयुक्त हुन्छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.