कार्यपालिका बैठक लाइभको माग गर्दै बहिष्कार

कार्यपालिका बैठक लाइभको माग गर्दै बहिष्कार
फाइल तस्बिर
सुन्नुहोस्

जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले कार्यपालिका बैठक लाइभ हुनुपर्ने माग गर्दै बहिष्कार गरेकी छन्। गौशाला नगरपालिका बैठकको औपचारिक जानकारी नआएको तथा मोबाइल (विद्युतीय) माध्यममार्फत् जानकारी आएकाले सबै जनताले थाहा पाउनेगरी लाइभको माग गरेको उनले बताइन्। 

उपमेयर महतोले नगरपालिकाको हरेक विषयवस्तु आम जनताले जान्न पाउनुपर्ने अधिकार रहेकाले कार्यपालिका बैठकका हरेक निर्णय र पालिका बैठकसमेत सञ्चालन गर्न माग गरेकी हुन्। ‘नगरपालिकाको आर्थिक वर्ष २०७९-०८० मा गरेको काम तथा खर्च विवरणमेत उपलब्ध नगराएको र कार्यपालिका बैठकको आडमा अनियमित कामहरू भित्रभित्रै गर्ने परिपाटी बढेकाले त्यसलाई रोक्न बैठक लाइभ गर्न आवश्यक छ,' विज्ञप्ति जारी गर्दै उनले भनिन्। 

गौशाला नगरपालिकाको मेयर र उपमेयरबीच अधिकारको विषयमा विवाद हुँदै आएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.