मलेसियामा सडक दुर्घटनामा मृत्यु भएका अशोकको शव १२ दिनपछि नेपाल पठाइयो

मलेसियामा सडक दुर्घटनामा मृत्यु भएका अशोकको शव १२ दिनपछि नेपाल पठाइयो
फाइल तस्बिर।
सुन्नुहोस्

जनकपुरधाम : मलेसिया स्थित जलान मेरुमा सडक दुर्घटनामा मृत्यु भएका सिरहाका अशोक मोचीको शव नेपाल पठाइएको छ। चमार कल्याण समाज मलेसिया शाखाद्वारा सडक दुर्घटनामा मृत्यु भएका सिरहाका अशोक मोची चमारको शव नेपाल पठाइएको हो। 

देशमा बेरोजगारी समस्या, परिवारको आर्थिक स्थिति सुधार्न तथा परिवारको भविष्य सुन्दर बनाउने सपना लिएर आएका उनको सडक दुर्घटनामा सेप्टेम्बर १५ मा मृत्यु भएको थियो।  

सिरहाको लहान नगरपालिका घर भएका मोचाी विगत ६ वर्षदेखि प्रवास लेसियामा श्रमिकको रुपमा काम गर्दै आएका थिए। सिरहा जिल्लाको लहान नगरपालिका १ मोटियार्बा घर भएका मोचीको निधनपछि बुपा बिसनिया मोची चमारले चमार कल्याण समाज मलेसियालाई जानकारी गराएका थिए।  

२५ वर्षीय अशोक ६ वर्षदेखि मलेसियाको सोलाङ्गर स्थित म्याक्सटर ग्लोब म्यानुफ्याक्चर एसडिएन बिएचडि नामक कम्पनीमा काम गर्दै आएको थियो। उनको १५ सेप्टेम्बरमा जलान मेरु भन्ने स्थानमा बाटो काट्ने क्रममा मोटर दुर्घटनामा मृत्यु भएको थियो।

कल्याण समाज मलेशीया शाखाका सहसचिव रामकिशोर महराले जानकारी दिए।

दुर्घटना भएको केही दिनपछि जानकारी पाएको चमार कल्याण समाज मलेसियाले नेपाली राजदूतावासको सहयोगमा अलपत्र शवलाई २७ सेप्टेम्बरमा मलेसियाबाट नेपाल पठाएको हो। साथै नेपाल सरकार तथा कार्यरत कम्पनीसंग क्षतिपुर्तिको लागि पहल गरिदिन हुन समेत आग्रह गरेको छ।  

प्रवासमा कुनै पनि श्रमिकहरुको अकालमा मृत्यु हुन नदिन चमार कल्याण समाज मलेसिया शाखाले समय समयमा विभिन्न चेतना मुलक कार्यक्रम समेत गर्दै आएको समाजका कोषाध्यक्ष रामदयाल राम (चमार)ले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.