मोटरसाइकल ठक्करबाट पैदल यात्रीको मृत्यु
काभ्रे : मोटरसाइलकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बनेपा-११ का ६० वर्षीय कैलाश थापा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो।
शनिबार विहान पनौतीबाट बनेपातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-००७ प २९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका थापाको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
घटनालगत्तै शिर मेमोरियल अस्पताल बनेपा लगिएका उनलाई थप उपचारको लागि न्युरो अस्पताल पठाइएको थियो। मोटरसाइकल चालक बनेपा-९ बस्ने राजेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !