गुल्मीमा दसैं लक्षित महोत्सव हुँदै

गुल्मीमा दसैं लक्षित महोत्सव हुँदै
सुन्नुहोस्

गुल्मी : गुल्मीमा उद्योग संघको आयोजनामा कात्तिक १५ गतेदेखि २५ गतेसम्म ऐतिहासिक प्रथम महोत्सव हुने भएको छ। दसैं र तिहारको अवसरमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवमार्फत् गुल्मीलाई देशभर चिनाउन सकिने भएकाले ऐतिहासिक प्रथम महोत्सव गर्न लागिएको हो। 

जिल्लाभरिका पर्यटकीय तथा धार्मिक क्षेत्रको महोत्सवको माध्यमबाट प्रचारप्रसार गरेर गुल्मीलाई देश विदेशमा चिनाउने आयोजकले उदेश्य आयोजकको छ। महोत्सवमा जिल्ला र स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई प्राथमिकतामा राखिने भएको छ। ११ दिन जिल्ला सदरमुकाम तम्घासको खालाका चौरमा चल्ने महोत्सवले रेसुङ्गा नगरपालिकाले संचालन गरेको ‘जाउँ हिँड’ रेसुङ्गा, तम्घासस्थान मन्दिर सहित जिल्लाभरका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा थप टेवा पुग्ने गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए। 

'देशमा आर्थिक मन्दीले व्यापार व्यावसाय सुनसान छन्। त्यसको चलायमान र समग्र गुल्मीको विकासमा टेवा दिन हामीले महोत्सवको आयोजना गरेका हौं,' उनले भने। एक लाख दर्शक भित्र्याएर झण्डै ६० करोड कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ। जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्वन गर्ने अध्यक्ष भुसालको भनाइ छ। 

महोत्सवमा स्थनीय उत्पादनको प्रदर्शनसँगै राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवले जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धनसँगै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार महत्वपुर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ। महोत्सवमा २ सय ५० स्टल रहने छन्। महोत्सवमा प्रवेशको लागि विद्यार्थीको ५० रुपैयाँ टिकट र सर्वसाधारण नागरिकको लागि १ सय रुपैयाँ शुल्क तोकिएको महासचिव खनालले बताए।

विगतका वर्षमा गुल्मी उद्योग वाणिज्य सघ र चेम्बर अफ कर्मश गुल्मीले गर्दै आएका थिए। महोत्सव हालसम्म जिल्लाको सदरमुकाम तम्घास बजारस्थित चिदिचौरमा गरिएपनी यसपटकको महोत्सव उपल्लो तम्घासको खालाका चौरमा हुने भएको छ। चिदिचौर खेलमैदान सौन्दर्यकरण गर्ने भएकाले रेसुङ्गा नगरपालिकाले मेला महोत्सवमा रोक लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.