लयमा फर्कंदै पदयात्रा पर्यटन

लयमा फर्कंदै पदयात्रा पर्यटन

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पदयात्रा र मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटकको संख्या बढ्दो क्रममा छ। कोभिडलगतै पर्यटक आगमनमा कमी भएपछि पर्यटन व्यवसाय ठप्प भएको थियो। 

पछिल्लो समयमा पर्यटकको आगमन कोभिड अघिकै हाराहारीमा पुग्न थालेको हो। यस आर्थिक वर्षको ४ महिनामा अन्नपूर्ण पदयात्रा क्षेत्रमा गत वर्ष भन्दा १८ हजार ३ सय २० बढी पर्यटकले भ्रमण गरेका छन्। २०७९ को वैशाखदेखि साउनसम्म ४ महिनामा ५३ हजार ९ सय ४२ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्दा २०८० को चार महिनामा ७२ हजार ३ सय २० अथात १८ हजार ३ सय ७८ बढी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रका भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांक छ। 

२०७९ को वैशाख महिनामा २० हजार १ सय २४ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेकोमा २०८० वैशाखमा ३१ हजार ९ सय ५१ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रका भ्रमण गरेका छन्। 

यस्तै, अघिल्लो आर्थिक वर्षको जेठमा १५ हजार ३ सय ६६ जना पर्यटक संरक्षण क्षेत्रमा पुगेकोमा २०८० जेठमा १९ हजार ३ सय ७९ जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्यांक छ। २०७९ असारमा ५ हजार ४ सय ५३ जना विदेशी पर्यटकले भ्रमण गर्दा २०८० मा ६ हजार ६ सय ६९ जनाले पदयात्रा गरेका छन्। २०७९ को भाद्र महिनामा ९ हजार ७ सय २८ जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेकोमा २०८० को भाद्र महिनामा भने पर्यटकको आगमन संख्या केही घटेर ८ हजार ९ सय २० जनाले यात्रा गरेका छन्।  

आर्थिक वर्ष २०७९-०८० मा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन बढेर कोभिडअघिकै हाराहारी १ लाख ७२ हजार १ सय ८ जना पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी रविन कडरियाले जानकारी दिए । यो संख्या कोभिड हुनु भन्दा अघिल्लो वर्ष २०७५/०७६ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक पुगेको संख्या भन्दा ११ हजार २ सय ५० ले कम हो। २०७५/०७६ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै सवैभन्दा धेरै पर्यटकले भ्रमण गरेका थिए।

आर्थिक वर्ष २०७९-०८० मा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक प्रवेश शुल्कबाट भ्याटसहित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले २९ करोड ९४ लाख ३९ हजार २ सय ८५ रुपैयाँ आम्दानी गरेको पनि सूचना अधिकारी कडरियाले जानकारी दिए। 

पदयात्राका लागि पर्यटक आउने क्रम बढेपछि... 

कोभिड संक्रमणको कारण रोकिएको पर्यटन आगमन पछिल्लो समयमा कोभिड अघिकै हाराहारीमा पर्यटक आउन थालेपछि पर्यटन मजदुरहरू उत्साहित भएका छन्। 

अन्नपूर्ण, धौलागिरी, मनास्लु हिमाल क्षेत्रको पदयात्राका लागि पोखरामा पर्यटक आइपुग्छन्। पोखरा आएर पर्यटकहरूले गण्डकी प्रदेशका हिमाली क्षेत्रको पदयात्रामा निस्कने गर्छन्। कोभिडका कारण सन् २०२० र २०२१ दुई वर्ष पर्यटक आगमन ठप्प जस्तै भएको थियो। यही अवधिमा पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत पथप्रदर्शक र सहयोगी ५० प्रतिशत विस्थापित भएको टे«किङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्म पन्थीले बताए। टान गण्डकीले पटक–पटक गरी १९ सय जनालार्ई तालिम दिएर गाइड र सहयोगी उत्पादन गरेको र कोभिडका कारण ५० प्रतिशत जनशक्ति विस्थापित भएको पनि अध्यक्ष पन्थीले सुनाए। 

पर्यटकको आगमन बढ्दै गएपछि पदयात्रा पर्यटन क्षेत्रकालागि जनशक्ति उत्पादन गर्न पुनः पथप्रदर्शक तथा सहयोगीको तालिम दिएको उनले बताए। अन्नपूर्ण, धौलागिरी, मनास्लु, सगरमाथालगायत देश भरका हिमााली क्षेत्रको पदयात्रामा जान आउने पर्यटकलार्ई लक्षित गरी पोखरामा भएको पथप्रदर्शक तालिम लिनेको संख्या बढेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.