भनाभन हुँदा ढुंगा प्रहार गरी हत्या : दुईजना पक्राउ

भनाभन हुँदा ढुंगा प्रहार गरी हत्या : दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण

काभ्रे  : काभ्रेमा दुधलाल थिङ हत्या घटनामा संलग्न दुईजना पक्राउ परेका छन्।  थिङको हत्या आरोपमा  पक्राउ परेका  भक्तपुर चाँगुनारायण नगरपालिका-८ का २१ वर्षीय समीर राय र काभ्रे बनेपा नगरपालिका-१ बस्ने २२ वर्षीय ईश्वर विकलाई आज  बनेपा प्रहरीले सार्वजनिक  गरेको हो।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डीएसपी लालध्वज सुवेदीले थिङ हत्या आरोपमा पक्राउ परेकालाई आज सार्वजनिक गरिएको जानकारी दिए।

सोमबार बिहान ५५ वर्षीय थिङ मृत अवस्थामा भेटिएका थिए। डीएसपी  सुवेदीका अनुसार घटनास्थलमा चप्पल, झोला, कपडा छरिएको अवस्थामा फेला परेको र  सडकभन्दा १०० मिटर तल भिरालो स्थानमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो।

मृतकका छोराले दिएको जाहेरीका आधारमा प्रहरीले राय र विकलाई पक्राउ गरेको हो।  उनीहरूले आफूले थिङको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।  पक्राउ परेका दुवैजनाले मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा थिङसँग सामान्य भनाभन भएको र आवेगमा आइ ढंगा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

थिङको शव धुलिखेल अस्पताल राखिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.