नेपालगञ्जमा आजपनि अनिश्चितकालीन कर्फ्यु

नेपालगञ्जमा आजपनि अनिश्चितकालीन कर्फ्यु
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बाँकेको नेपालगञ्जमा मंगलबारदेखि जारी कर्फ्यु आज पनि यथावत रहेको छ। दुई समुदायबीच तनाव बढेपछि मंगलबार दिउँसो १ बजेदेखि  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन कर्फ्यु आदेश यथावत रहेको जानकारी गराएको हो।

नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारणसहित २२ जना घाइते भएको र उपचारपछि २१ जना घर फर्किसकेको र १ जनाको भेरी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्ने आग्रह गरेको छ।

नेपालगञ्जको गरिमालाई कायम राख्न समस्त राजनीतिक दल,धार्मिक अगुवाहरू,नागरिक समाज,सञ्चारकर्मीलगायत  आम नागरिकहरूले  आ-आफ्नो क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्‍याउन अनुरवध गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.