कांग्रेसबिना गठबन्धनले कुनै पनि काम गर्न सक्दैन : नेपाल
![कांग्रेसबिना गठबन्धनले कुनै पनि काम गर्न सक्दैन : नेपाल](https://annapurnapost.prixacdn.net/media/albums/madav-nepal_zpe39Djy9w_Iy937ozDRz.jpg)
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन्। मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन्।
उनले प्रचण्ड नेतृत्वको सरकारमा केहि कमी कमजोरी भएपनि सुधार गर्न आफूहरू अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे। देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरू भएको भन्दै उनले आफूहरु देशमा भएको परिवर्तनको रक्षाका लागि सधै तत्पर रहने धारणा राखे।
उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)