नवलपरासीका अधिकांश एग्रोभेट बिना इजाजत सञ्चालनमा

नवलपरासीका अधिकांश एग्रोभेट बिना इजाजत सञ्चालनमा
एग्रोभेटको अनुगमन गर्दै कृषि ज्ञान केन्द्रको टोली । तस्बिर : हरि शर्मा
सुन्नुहोस्

परासी : नवलपरासीमा सञ्चालनमा रहेका अधिकांश एग्रोभेटहरू बिना इजाजत सञ्चालन भएको पाइएको छ । बिना इजाजत सञ्चालन भएका एग्रोभेटमा बजार क्षेत्रका भन्दा ग्रामीण क्षेत्रमा बढी छन् । विषादी र बिउ बिजन बिक्री वितरण गर्ने एग्रोभेटहरूले म्याद नाघेका किटनाशक औषधि र बिउ बिक्री गर्ने गरेको समेत पाइएको छ । 

कृषि ज्ञान केन्द्र नवलपरासीले गरेको अनुगमनका क्रममा इजाजत बिना एग्रोभेटहरु सञ्चालन भएको पाइएको हो । विषादी बिक्री गर्ने इजाजत लिएका अधिकांश एग्रोभेटहरूले इजाजात नलिई बिउ बिजनसमेत बिक्री गर्ने गरेको पाइएको ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताए । 

विषादीको इजाजत लिएका फर्म सञ्चालकहरूले बिउ बिजनका लागि छुट्टै इजाजत लिनुपर्ने प्रावधान छ । बिउ बिजनका लागि कृषि ज्ञान केन्द्रबाट इजाजत प्रदान गरिने गरिएको छ ।  बिउ बिजन बिक्री गर्ने एग्रोभेटले विषादीका लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने भएपनि एउटै कोठामा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको कार्यालय प्रमुख चौबेले बताए ।

रामग्राम, बर्दघाट, सुनवल नगरपालिकाका साथै प्रतापपुर र सरावल गाउँपालिकाका ११ वटा एग्रोभेटमा गरिएको अनुगमनमा केही एग्रोभेटमा भारतबाट ल्याइएका रासायनिक मल, र म्याद गु्रजेका विषादी र बिउ बिजनहरू फेला परेको उनले बताए । जिल्लामा ४० बढी एग्रोभेट सञ्चालनमा रहेका छन् ।  

अनुगमनका क्रममा नवीकरण नगराएका र इजाजत नलिएका एग्रोभेटलाई इजाजत लिन र म्याद नाघेका विषादी र बिउ बिजनलाई छुट्ट स्थानमा राखी व्यवस्थापन गर्न व्यवसायीहरूलाई सुझाव दिइएको थियो । नियमविपरीत सञ्चालन भएका एग्रोभेटलाई सचेत गराउँदै आगामी दिनमा प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिइएको   ज्ञान केन्द्रका प्रमुख डा. चौबेले बताए ।  

व्यवसायी पसल बन्द गरी सम्पर्कविहीन

यसैबीच मंगलबार अनुगमन गर्न गएको टोलीलाई देखेपछि केही एग्रोभेट सञ्चालन गरेका व्यवसायीहरू पसल बन्द गरी हिँडेका थिए । पसल खोलेर बसेका व्यवसायीहरू पनि अनुगमन टोलीलाई देखेपछि पसल खुलै छाडेर सम्पर्कविहीन भएका थिए । 

अनुगमन टोलीले व्यवसायीलाई मोबाइल सम्पर्क गरेर बोलाउन खोज्दा पनि उनीहरू सम्पर्कमा आएका थिएनन् । व्यवसाय दर्ता र नियमविपरीत सञ्चालन भएका कारण पसल बन्द गरी व्यवसायी सम्पर्कमा आउन नखोजेको हुनसक्ने कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.