नेपालगन्जमा फेरि सद्भाव र्‍याली निकालिने

नेपालगन्जमा फेरि सद्भाव र्‍याली निकालिने
सुन्नुहोस्

नेपालगन्ज : शान्ति र सद्भावका लागि नेपालगन्जमा फेरि सद्भाव र्‍याली निकालिने भएको छ।

 
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार बोलाएको सर्वदलीय/सर्वपक्षीय बैठकले जारी कर्फ्युको दायरा खुकुलो बनाउने र सद्भाव र्‍याली निकाल्ने निर्णय भएको हो। यसअघि मंगलबार बिहान पनि सद्भाव र्‍याली निकालिएको थियो।
 
त्यसैगरी बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउनेजस्ता कानुन विपरितका कार्य गर्ने कुनै पनि व्यक्तिहरुलाई तत्काल कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ।
 
त्यसैगरी नेपालगन्ज क्षेत्रमा हालः जारी रहेको कर्फ्यू आदेश क्रमशः खुकुलो बनाउँदै लगि क्रमशः पूर्णरूपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा, प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलगायत विभिन्न दलका जिल्ला नेतृत्व, नागरिक, धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.