रुपन्देहीमा स्थानीय तहका कर्मचारीले ‘पेन डाउन’ गर्दा सेवा प्रभावित

रुपन्देहीमा स्थानीय तहका कर्मचारीले ‘पेन डाउन’ गर्दा सेवा प्रभावित
सुन्नुहोस्

भैरहवा : संघीय निजामती सेवा विधेयकमा आफ्ना मागहरू सम्बोधन गर्न माग गर्दै रुपन्देहीका स्थानीय तहका कर्मचारीहरूले अत्यावस्यक काम बाहेकका कार्यमा ‘पेन डाउन’ गरेका छन्।

शुक्रबार रुपन्देहीको कुल १६ स्थानीय तहका कर्मचारीले ‘पेन डाउन’ गर्दा तहको सेवा प्रभावित हुन पुगेको छ। जसकारण नागरिकलाई सास्ती खेप्नु परेको छ।  

नेपाल सरकार मन्त्रिपरिषदको गत भदौ २१ गतेको बैठकबाट संघीय निजामती सेवा विधेयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको बताउँदै उक्त विधेयकमा स्थानीय सेवाका कर्मचारीहरूको सेवा सुरक्षा लगायत नभएकाले अत्यावश्यक कामबाहेक अन्य कार्यका लागि ‘पेन डाउन’ गरिएको सिद्धार्थनगर नगरपालिका कार्यालयका लेखा अधिकृत एवं नगर स्तरीय संघर्ष समितीका सचिव ओमेशकुमार गैरेले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.