बर्दियामा बाघको आक्रमणबाट बालक घाइते

बर्दियामा बाघको आक्रमणबाट बालक घाइते
फाइल तस्बिर।
सुन्नुहोस्

गुलरिया : बाघको आक्रमणबाट बर्दियामा एक बालक घाइते भएका छन्। बारबर्दिया नगरपालिका वडा नम्बर ३ स्थित खुरखुरे फाँटामा ४ वर्षीय साहिल सुनार बाघको आक्रमणमा परी घाइते भएका हुन्।

बाघको आक्रमणबाट घाइते बालकको नेपालगञ्ज स्थित नर्सिङ होममा उपचार भैरहेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताए। चारैतिर जंगलले घेरिएको बस्ती खुरखुरे फाँटाको सडकमा खेल्दै गरेका बालकलाई शुक्रबार बेलुका साढे ६ बजे बाघले आक्रमण गरे लगत्तै नगरपालिका मार्फत निःशुल्क एम्बुलेन्स मार्फत उपचारको लागि नेपालगञ्ज पठायौं। बालकको उपचारका क्रममा रगत चढाउनु पर्ने भएकोले रेडक्रससँग समन्वय गरेका छौं। 

बालकको गालामा बाघको नंग्राले घाउ बनाएको छ। उपचार र राहतको लागि नगरपालिकाले डिभिजन बन कार्यालय बर्दियासँग समन्वय गरेको र नगरपालिकाबाट पनि राहत उपलब्ध गराउने नगरप्रमुख थारुले बताए। सोही क्षेत्रमा हालसम्म ३ जना मानिसलाई बाघले आक्रमण गरिसकेको छ। द्वन्द्व रोक्न तत्काल विद्युतीय तारबारको ब्यवस्थापन गर्न उनले माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.