दोस्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबल कात्तिक ८ देखि
![दोस्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबल कात्तिक ८ देखि](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_AKlxOlRQcJ_Ipy2yEVJA2.jpg)
ढल्केवर : महोत्तरीको गौशालामा दोस्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित सामुदायिक विकास युवा क्लबको आयोजनामा हुने भलिबल प्रतियोगिता यस क्षेत्रको सर्वाधिक पुरस्कार राशीको रहेको छ।
हिन्दूहरूको महान चाड दसैं, दिपावली र छठ पर्वको अवसरमा कात्तिक ८ गतेदेखि दोस्रो मुन्नी मिश्री स्मृति भलिबल प्रतियोगिता हुने आयोजक सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोष सिंहले जानकारी दिए।
विजेतालाई नगद २१ हजार, उप विजेतालाई ११ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष सिंहले बताए। गत वर्ष प्रथम पुरस्कार ११ हजार र दोस्रो पुरस्कार ५ हजार १ सय थियो।
यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए। भलिबल संघको नियमअनुसार सञ्चालन हुने खेलमा संघ संस्थालाई सहभागी हुन क्लबले आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)