सत्तारुढ दलको भागबन्डा मिलाउन एउटालाई फुटाएर ३ मन्त्रालय

सत्तारुढ दलको भागबन्डा मिलाउन एउटालाई फुटाएर ३ मन्त्रालय
फाइल तस्बिर।
सुन्नुहोस्

आर्थिक समस्याले जुध्दै गरेका बेलामा सत्तााको भागवण्डामा मधेस प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ।

जनकपुरधाम : मधेस प्रदेशमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फुटाएर तीनवटा मन्त्रालय बनाइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फूटाएर तीन वटासम्म मन्त्रालय बनाइएको हो। आर्थिक समस्याले जुध्दै गरेको बेलामा सत्ताको भागवण्डामा मधेस प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ। 

मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पार्टीका सांसदको व्यवस्थापनका लागि मन्त्रालय फुटाएका हुन्। जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री भए पनि लामो समयदेखि विना विभागीय मन्त्री रहेकी सुरिता कुमारी साहका लागि उनले मन्त्रालय फुटाएका हुन्। मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्र्याएर शिक्षा र समाज कल्याण मन्त्रालय बनाएका छन्। जनमतका यादवले शिक्षा मन्त्रालय पाउनेछन् भने समाज कल्याण मन्त्रालय सुरिता कुमारी साह साहले जिम्मा पाएको छ। जनमत पार्टीका मन्त्री महेश यादवले नेतृत्व गरेको मन्त्रालय टुक्राएपछि जनमत र जसपा मतभेद देखिएपनि मन्त्रालय छोड्ने मुडमा जनमत छैन। 

महोत्तरीको क्षेत्र नं. २ (ख) बाट वागी उम्मेदवार भई स्वतन्त्रबाट निर्वाचनमा विजयी साह लोसपाका नेता राजेन्द्र महतो निकट भएपनि चुनावको बेलामा विद्रोह गरेर स्वतन्त्रबाट निर्वाचित पछि साह जसपा प्रवेश गरेकी थिइन्। जसपामा प्रवेशलगत्तै उनलाई पार्टी प्रवेश गराएर सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएकी थिइन्। तर, कांग्रेस सरकारमा सहभागी भएपछि सत्ता समीकरण मिलाउन सामाजिक विकास मन्त्रालय टुक्र्याएको हो।

उक्त मन्त्रालय टुक्र्याएर शिक्षा तथा समाज कल्याण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको थियो। उक्त मन्त्रालय टुक्र्याएपछि नयाँ बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसका वीरेन्द्रप्रसाद सिंहको जिम्मामा परेको थियो। त्यही बेला साह विनाविभागीय बन्न पुगेकी थिइन्। मन्त्रालय टुक्राएपछि मुख्यमन्त्री भारत भ्रमणमा लागेका छन्। सोहीकारण मधेस प्रदेशमा थप छलफल भने भएको छैन। अहिले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवले निर्वाह गरिरहेका छन्। जनमत पार्टीले पाएको सामाजिक विकास मन्त्रालय गठबन्धनको व्यवस्थापनका नाममा तीनवटा भएका छन्।

यससँगै मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन अवस्थामा रहँदै आएकी सुरिताकुमारी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिस अनुसार मन्त्रीपरिषद् पुनर्गठन गर्दै उनलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।

जनमतका मधेस यादवले सम्हाल्दै आएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई टुक्रयाएर सुरिता साहलाई मन्त्रालयको जिम्मेवार दिइएको हो। अब यादवले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएको छ भने भने सुरिताले टुक्रयाएर बनाइएको खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी हुन्। मन्त्री साहले यस अघि नै शपथ ग्रहण गरिसकेकाले उनी एकै चोटी पदभार ग्रहण गर्नु हुने छ। मन्त्रीपरिषद् पुनर्गठन गरिएसँगै मधेसमा मन्त्रालयको संख्या १३ पुगेको छ। संघीयता कार्यान्वयनसँगै सातवटा मन्त्रालयबाट काम थालेको सरकारले दोश्रो कार्यकालमा मन्त्रालयको संख्या बढाएर झण्डै दोब्बर बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.