इजरायल गएको २६ दिनमै मारिए आनन्द, खोसियो साह परिवारको सहारा

इजरायल गएको २६ दिनमै मारिए आनन्द, खोसियो साह परिवारको सहारा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जनकपुरधाम : इजरायलमा आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही २५ वर्षीय आनन्द साहको मृत्युको खबरले परिवार मुर्छित छ । आफन्त र छरछिमेकी जम्मा भएर आनन्दको परिवारलाई सान्त्वना दिइरहेका छन् । घर परिवारका कुनै पनि सदस्य अहिले बोल्ने अवस्थामा छैनन् । घटनाले गाउँ नै स्तब्ध भएको छ । 

आनन्दका बुवा सोमन साह र आमा शुभकला देवीको छोराको निधनले होसहवास उडेको छ। 

होसमा आउने वित्तिक्कै छाति पिटदै विलाप गर्छन् ।  ‘छोरा कहाँ गयौं, छिटो आउँ । घरमा कोही छैन् । हामी अब कसको मुख हेरेर बस्छौं । कसले घरपरिवारको ख्याल गर्छ ? कस्ले दिदीबहिनीको बिहेबारी गर्छ ।’क्षणक्षणमै अर्धचेत (बेहोस) हुन्छन् । होसमा आयो की छोराको मृत्युमा विलाप गर्छन् । कसरी दिनरात कटछ हाम्रो , हाम्रो घरको एउटै सहारालाई पनि भगवान‍्ले खोसेर लग्यो,मलाई किन राखेको मलाई पनि लग भगवान्,'उनीहरू यसरी बिलौना गरिरहेका छन्।

आमा शुभकला मुर्छित अवस्थामा  छिन् । उनलाई छिमेकीहरूले सम्झाइबुझाइ गरिरहेका छन्। उता बहिनीहरु क्रमशः सुनिता,सरसस्ती र आरती भक्कानो छोडेर एकअर्कालाई अंकमाल गर्दै मेरो दाइ मेरो भाइ भन्दै भाग्यलाई धिकारीरहेका छन्। 

तीन छोरी र एक छोरामध्ये पहिलो सन्तान थिए आनन्द । आनन्दलाई पढाउन सोमनले १० वर्ष खाडीमा पसिना बगाएको छिमेकी मिथिलेश साहले बताए । उनले भने, ‘आनन्दले जनकपुरको एञ्जल्स बोर्डिङ स्कुलबाट एसएलसी, मिथिला कलेज (मिट) बाट आईएस्सी पास गरेका थिए । आनन्दका बुवा आमाले जसोतसो गरी छोरालाई पढाएका थिए । ’

उनका अनुसार आनन्द निकै मिहिनेती र राम्रो विद्यार्थी थिए । उनको घर परिवारको आर्थिक अवस्था राम्रो छैन । उनले भने,'त्यत्रो खर्च गरेर पढायो,लेखायो अन्तिममा यस्तो घटना घटयो। परिवारको साहारा बन्ने बेला दैवले लगेर  गयो।'

गत शुक्रबार आनन्दसँग उनका बहिनीहरूको फोनमा कुराकानी भएको थियो । तर, त्यो दिन उनको आमा बुवासँग कुरा भएन। आमा बुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमा बुबाले शनिबारदेखि नै फोन गरे । पनि फोनको घन्टी बज्छ फोन उठ्दैन।

परिवारको एक्लो छोरा विदेसिएको २६ दिनमै निधन भएपछि परिवारमा बज्रपात परेको छ।

इजरायलमाथि हमासको आक्रमण परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.