नियमित उपचार नहुँदा मानसिक रोगी बढे

नियमित उपचार नहुँदा मानसिक रोगी बढे
सुन्नुहोस्

चितवन : नियमित उपचार नहुँदा मानसिक रोगीको संख्या बढ्दै गएको छ। मानसिक रोगीले समयमै उपचार नपाउँदा समस्या बल्झिने गरेको मनोरोग विशेषज्ञ डा.गिरिराज भन्तानाले बताए। उनका अनुसार वातावरणीय प्रभाव, बंशाणुगत, शिक्षाको कमी, जनचेतनाको अभाव, नकारात्मक सोच, आर्थिक अभाव, मानसिक तनावका कारण मानसिक रोगी बढेका हुन्। 

चिकित्सकका अनुसार नेपालको कुल जनसंख्याको ३३ प्रतिशत कुनै न कुनै मानसिक समस्याबाट पीडित छन्। त्यसमध्ये १५ प्रतिशत अर्थात् ४५ लाख नेपालीमा अहिले पनि मानसिक समस्या छ। त्यसमध्ये पनि २ प्रतिशत हाराहारी अर्थात् ६ लाख नेपाली क्रोनिक (गम्भीर) प्रकृतिका मानसिक रोगी छन्। 

गम्भीर प्रकृतिका बिरामीलाई उपचारपछि पुनर्स्थापना गर्न नसके  रोग बल्झिएर पुरानै अवस्थामा फर्किने सम्भावना रहेको चिकित्सकले बताए। सामाजिक दृष्टिकोण परिवर्तन नहुँदा कतिपयले उपचार लिनै हिच्किचाउँछन्। ‘सीप सिकाएर समाजमा पुनर्स्थापित गराउन सके मानसिक रोगीको संख्या कम हुन्छ,’ डा. भन्तानाले भने, ‘मानसिक रोगको उपचार पद्धति महंगो छ।  यसमा राज्यले न्यून मात्रै लगानी गरेको छ। राज्यले चासो नदिए यो भयावह हुने खतरा छ।’ 

उनका अनुसार  सुरुवाती चरणको मानसिक रोगीलाई औषधि आवश्यक पर्दैन।  ३५ दिने आरटिएमएस थेरापीमार्फत निको हुन्छन्। नियमित औषधी सेवन नगर्दा मानसिक रोग बल्झिने गर्छ। ९० प्रतिशतले आफू मानसिक रोगी भएको स्वीकार गर्दैनन्। आफू समस्यामा रहेको महसुस गराएर औषधी सेवन गर्ने बनाउन कम्तिमा डेढ महिना लाग्छ। 

मनोरोग भएपछि पनि बिरामीलाई आफू बिरामी छु भन्ने थाहा नहुँदा उपचारमा ढिलाइ भएको मनोरोग विशेषज्ञ प्राडा शैलेन्द्रराज अधिकारीले बताए। ‘एमआरआई, सिटीस्क्यान गरेर अरू पत्ता लगाए झै मानसिक रोगी पत्ता लगाउन सकिदैन,’ डा. अधिकारीले भने , ‘लक्षण, व्यवहार र बिरामीसँग लामो कुराकानी गरेर रोग पत्ता लगाउने हो।’

नेपालमा मानसिक रोगको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै कम छन्। नेपालमा मानसिक रोग विशेषज्ञ २५० जना मात्रै छन् भने ३० जना मात्रै मनोपरामर्शदाता छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.