आपराधिक घटना बढ्दै

आपराधिक घटना बढ्दै
सुन्नुहोस्

जनकपुरधाम : गत असोज ८ गते गौशालाको एनआइसी बैंकबाट पैसा झिकेर घर फर्किन लागेको एक दम्पति लुटिए। ओखलढुंगामा रहेका ज्वाइ रामशरण महतोले मजदुरी गरेको एनआइसी एसिया गौशाला शाखामा ऋण तिर्न पठाएको रकम बैंकबाट झिकेर लग्दै गर्दा इलाका प्रहरी कार्यालयको २५ मिटरको दूरीमा लुटियो। गौशाला नगरपालिका-११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती श्रुजकलादेवी महतोले बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा अज्ञात व्यक्तिले फिल्मी शैलीमा ६ लाख ३६ हजार रुपैयाँ लुटयो। 

घर फर्किने क्रममा गौशाला बजारको इलाका प्रहरी कार्यालयको २५ मिटरको दुरीबाट मोसामा सवार भएर आएकाले म बैंकको मान्छु हुँ, एउटा सिग्नेचर छुटेछ, बैंक जानुपर्‍यो भनेर महतोलाई बाइकमा चढाएर बैंक नजिक पुर्‍याए। श्रुजकलालाई समेत श्रीमानले बोलाएको भनी बाइकमा लगेर इलाका प्रहरीको अगाडिबाटै लगेर लुटपाट गरे। 

गत केही महिना अगावै गौशाला बजारमा पार्किङ गरी राखिएको कार चोरी भयो। गौशाला नगरपालिका ५ का रूपेश कुमार साहले घर अगाडि पार्किङ गरी राखेको प्र २–०२–००१ च ०८१७ को कार चोरी भएको महिनौ बित्न लाग्दा समेत फेला परेको छैन। इलाका प्रहरी कार्यालयको प्रहरी विट नजिकैबाट जहाँ चौबिसै घण्टा प्रहरी खटिएको हुन्छ, त्यहाँबाट चोरी हुनु शंकास्पद रहेको छ। 

गत वैशाख २३ मा गौशालामा सञ्चालित सोमनाथ ईम्पोरियममा नक्कली साँचो प्रयोग गरेर झण्डै ३ लाख नगद र १ लाख मूल्य बराबरको लत्ताकपडा चोरी भयो। नक्कली साँचोको प्रयोग गरेर घण्टौंसम्म चोरहरूले चोरी गर्दा समेत प्रहरीले सुइको पाएनन्। 

यस्तै भदौमा दिउँसै गौशाला बजारबाट विजयकुमार महतोले भर्खरै केही दिनअघि किनेको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भयो। खोजतलासमा प्रहरीले खासै चासो नदेखाएको तथा भेटे सम्पर्क गर्ने इलाका प्रहरी कार्यालय रवैया देखेर विजयले मोटरसाइकल भेट्ने आश गुमाइसके। 

गत भदौ १४ गते प्रदेश २ ०२००३ प ९९७० नम्बरको पल्सर एनएस मोटरसाइकल गौशालाको मरहा पूलबाट दिउँसै खोसेर लगियो। त्यसको केही दिनमा सवारी धनी अमन पासमानले खोजतलास गरी नेपाल भारत सीमा सम्सी कन्हमा बोर्डरबाट खोजतलास गरी ल्याए। मानिस समेत पहिचान भयो। 

तर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मनोज यादवले मुद्दा दर्ता गर्न मानेनन्। प्रहरीको भनाइलाई उदृत गर्दै अमनले भने, ‘प्रहरीले मलाई बोलाएर उल्टै केरकार गर्‍यो। अभियुक्तको पहिचान हुँदा समेत मुद्दा दर्ता गर्न प्रहरी निरीक्षक मनोज यादवले आनाकानी गरे। मलाई तीन/चार दिन बोलाएर हैरानी मात्र दिए तर मोटरसाइकल खोज्न सहयोग गरेनन्।’

इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी प्रमुख मनोज यादवले प्रत्यक्ष रूपमा सहयोग गर्ने धेरै कुरा भए पनि सीसीटीभी नभएका कारण अनुसन्धान प्रभावित भएको जनाए। उनले भने, ‘प्रत्यक्ष रूपमा सीसीटीभीको निगरानी भइदिएन। नगरपालिकाले सीसीटीभी लगाइदिए पनि काम गर्ने अवस्थामा एउटा पनि छैन। जस्ले अनुसन्धानमा प्रभावित बनाउँदै आएको छ। नगरपालिकाको मेयर डा. दिपेन्द्र महतो समक्ष गुनासो गरे पनि वास्ता नगरेको झै छ।’

गौशाला नगरपालिकाका उपमेयर रेणु कुमारी महतोले  आर्थिक वर्ष २०७८/०७९ मा १९ लाख ३६ हजार रुपैयाँ खर्चको अनुसन्धान हुनुपर्ने माग गरे। उनले भने,नगरपालिकाको बजट खर्च विवरण झण्डै २० लाख रूपैयाँ खर्च भएको छ, तर सीसीटीभी शून्यताको अवस्थामा रहनु दुःखद हो।’  

गौशालामा किनमेलका लागि जाँदा होस् वा सवारीका क्रममा होस् अथवा पार्किङका लागि राखिएको सवारी साधन समेत हराउने क्रम बढ्दो छ। विशेषगरी बजाज कम्पनीका पल्सर तथा १५० सिसि र सो माथिका महंगा मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेको इलाका प्रहरी कार्यालयको तथ्यांक छ। इलाकामा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल अत्यन्तै ज्यादै न्यून छ। 

मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जो कोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाइ छ। जिल्लामा सीसीटीभी क्यामेराको सञ्जाल नहुँदा समेत चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न असमर्थ हुने गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रकाश मल्लले बताए। 

भारतबाट संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको सडक मार्ग गौशाला–सम्सी सडक खण्डमा तस्करको जालो लामो छ। नेपाल भारतको सिमानाका सम्सी बोर्डर हुँदै काठमाडौं मालसमान पुर्‍याउने गरेको पाइएको छ। 

तस्करीको मुख्य पाटो गौशाला–सम्सी सडक खण्ड भएकोले प्रहरीकै मिलोमतोमा तस्करहरू लत्ताकपडादेखि लागूऔषध समेत ओसारपोसार गराइरहेको छ। जसमा इलाका प्रहरी कार्यालय गौशालाको प्रमुख संलग्नता छ। 

भन्सार छलेर हरेक दिनजसो गौशाला, बर्दिवास, सिन्धुली लगायतका क्षेत्रमा लागूऔषध भित्रिरहेको छ। सम्सी नाका देखि इलाका प्रहरी कार्यालय गौशाला क्षेत्र सम्ममा ५ स्थानमा चेकजाँच भएपनि प्रहरीले महिनावारीका रूपमा रकम बुझ्दा गुटखा, पान, मसाला, रजनीगन्धा, तेल, चिनी लगायत उपभोग्य वस्तुहरूको समेत प्रहरीलाई महिनावारी बुझाउने गरेको लुकेको छैन। 

महोत्तरी रामगोपालपुर नगरपालिका बैरियाका सोनफि यादवले प्रहरीले महिनावारी नबुझाउनेलाई पक्रने र बुझाउनेलाई छुट दिएको बताए। उनले भने, 'भारतबाट रात्रिकालीन समयमा विभिन्न सामग्रीहरूको तस्करी हुने गरेको छ। पुरानोबाट महिनावारी उठाउने र उपभोक्ताको अलिकति समान भए पनि खोसेर बहादुरी देखाउने गरेको छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.