एकीकृत निजामती सेवा ऐनको माग गर्दै स्थानीय तहका कर्मचारीको आज पनि प्रदर्शन

एकीकृत निजामती सेवा ऐनको माग गर्दै स्थानीय तहका कर्मचारीको आज पनि प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौंमा विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छ। हामीलाई न्याय कसले दिने भन्दै उनीहरूले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

संघर्ष समितिले माइतिघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो। संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने,निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने उनीहरुले जनाएका छन् ।

त्यस्तै, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका आफूहरुको माग रहेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, जुनसुकै तहमा बहाल रहेका कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने उनीहरूको माग छ ।  

असोज १५ गतेदेखि सडक आन्दोलनमा उत्रिएका उनीहरूमाथि सोमबार प्रहरीले हस्तक्षेप गरेको थियो। बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको  थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.